sunwal

जिल्ला प्रशासन कार्यालय नवलपरासीद्धारा सुरक्षाकर्मीलाई उद्धार सामाग्री प्रदान ।

64

गौरीशंकर जयसवाल

परासी १६ असार
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जिल्लास्थित सुरक्षा निकायलाई सुरक्षा सामाग्री प्रदान गरेको छ। बिश्व खाद्य कार्यक्रमकोे सहयोगमा आएको सुरक्षा सामाग्री प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले सुरक्षा निकायलाई उक्त सामग्री प्रदान गरेका थिए । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अजय के.सी र सशस्त्र प्रहरी बल नेपाल नं. २६ ंगण बेलाशपुरका सशस्त्र प्रहरी उपरीक्षक भरत खानियालाई एक कार्यक्रम बिच प्र.जि .अ पाठकले सुरक्षा सामाग्री प्रदान गरेका हुन ।  मनसुन सुरु भईसकेको अवस्थामा पूर्व तयारी लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन तथा बिपत बेला उद्धार कार्यमा सहजता होस भन्ने उदेश्यले उक्त सुरक्षा सामाग्री प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सागरमाणी पाठकले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीलाई मोटरबोट (डुगं ) १ थान ,लाईफ ज्याकेट ४ थान ,सर्जलाईट १ थान थ्रो व्याग ४ थान सुरक्षा समाग्री प्रदान गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल न २६ ंगणका हे.क्वा बेलाशपुरका सशस्त्र प्रहरी उपरीक्षक भरत खानियालाई मोटरबोट (डुगां ) १ थान ,लाईफ ज्याकेट ४ थान ,सर्जलाईट १ थान थ्रो व्याग ४ थान सुरक्षा समाग्री प्रदान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पाठकले जिल्लामा बिपतका बेलामा उद्धार समाग््री नभएकोले उद्धार कार्यमा असहजता भैरहेको मध्ये नजर गरी सुरक्षा समाग्री उपलब्ध पहल गरी सुरक्षा निकायलाई बिपत बेला उद्धार कार्यमा सहजतामा थप मदत पुग्ने बिश्वास व्यक्त गरेका थिए ।