म लुकेको घ्याम्पो लगलग काप्यो तर म कॉंपिन हो त्यस्तै अवस्था छ हाम्रा प्रद्यानमन्त्रीको हाल। कुरामा गुमेको भु–भाग समेटेर नक्सा निकालेको भनेर जुंगा सुम्सुम्याउनु पनि परेको छ उता छिमेकीले झन्डै दुईतिहाईको इतिहासकै शक्तिशाली सरकार ढाल्न लागे भनेर रोईलो पनि काढ्नु छ। प्रद्यानमन्त्रीको यस्तो भनाईले के सन्देश जान्छरु के नेपालका सरकारहरु भारतले वनाईदिने र गिराईदिने गरेकै होरु यदि हो भनें त्यत्रो जनमत, संसदको के काम छरु के यो संसदिय मर्यादाको उलंघन होईनरु प्रद्यानमन्त्रीभनेको व्यक्ति मात्र होईन एक संस्था हो। यस संस्थाले गर्ने व्यवहार वोल्ने वोलीले दुरगामी महत्व राख्छन्।
ईतिहास देखी नैं नेपाल एक सार्वभौम स्वतंत्र राष्ट्र हो। आजको दिन सम्म हामीले कसैको दाशत्व सहन परेन। विशाल भारतमा व्रिटिसले उपनिवेश चलाउंदा कैंयौ पटक नेपाललाई कुदृष्टि नलगाएको होईन तर त्यो गिद्धे दृष्टिलाई धुलिसाध पारे हाम्रा पुर्वजहरुले त्यो पनि आट र शाहसका भरमास अहिले ति विरहरुको आत्मा रोईरहेको होला प्रद्यानमन्त्रीको क्रन्दन सुनेर। एक दुई होईन कैंयौ पटक प्रधानमंत्रीका उटपट्यागं गफ नसुनिएको होईन। देशको अभिभावक जस्तो व्यक्तिवाट जनताले विश्वास, भरोसा एंव भावी सन्ततिको लागी मार्गदर्शन खोजेका हुन्छन् तर विडम्बना हाम्रोमा ठ्याक्कै उल्टो छ। कहिले वेसारको अधिक चर्चा त कहिले कोरोनालाई सामान्य भन्दा पनि सामान्य मौसमी रुघाखोकी सरह हाच्छ्युं गरेर उडाउनु पर्छ भन्ने जस्ता वेतुके गफ। पुरै विश्व आंतकित पारिरहेको कोरोनाले पॉंचलाख वढीको त ज्यान लिईसक्यो भने विश्व अर्थव्यवस्थालाई मन्दी तर्फ धकेल्ने निश्चित छ।
यस्तो विषम परिस्थितिमा विभिन्न देशमा वैदेशिक रोज़गारमा रहेका धेरै नेपाली घर [ नेपाल ] फर्किने निश्चित छ यस्लाई सहि रुपमा व्यवस्थापन गर्न नसके भयावह अवस्था आउन सक्छ।
यि र यस्ता विपतलाई सम्वोधन गर्न सक्ने अभिभावक चाहिएको छ देशलाई अहिले नकि आफ्नैं अकर्मण्यताले पार्टी भित्रै एक्लिंदै गएपछि छिमेकीलाई दोष दिनु आफ्नै वेईज्यत गर्नु हो।
अहिले यहाँ मलाई मेरी हजुरआमाले भनिरहने भनाई याद आयो “आफ्नो थैलीको मुख वलियो वॉंध्नु संगीलाई दोष नलाउनु”। त्यस्तै जस्तो आफ्ना मिलाउनु छैन अनि छिमेकीलाई दोष लाउनेरु नेपाल यसै पनि सामरिक रुपमा महत्वपूर्ण एंव संवेदनशील राष्ट्र हो। दुई विशाल तथा उदियमान देशको विचमा अवस्थित हाम्रो जस्तो देशले दुवै देशको विश्वासलाई जितेर त्यस अनुरुप समदुरी एंव समलाभ लाई अंगाल्ने हो भने नेपालले छोटो समयमा आफुलाई सम्पन्न एंव शक्तिवान राष्ट्रको रुपमा उभ्याउन सक्छ तर नेतृत्व तहवाट आउने यस्ता केटौले वाणीले देशकै शिर विहुरिन्छ भने दुई छिमेकी को कृडास्थल वन्न पुग्छ।
मैले माथी नैं उल्लेख गरि सकें कि हामी कसैको औपनिवेशीकरण स्वीकार्नु परेन विगतमा तर आन्तरिक रुपमा हामीले धेरै व्यवस्था, थुप्रै सरकार अनि अनेक आरोह अवरोह पार गरेर आजको अवस्थामा पुगेका छौं। हामीले त्यस अवधीमा धेरै वलिदानी गरेका छौं धेरै समय खर्चेका छौं। अव पनि हामी चेतेनौं, देशलाई सधैं यस्तै लहडीहरुवाट चलाउन खौज्यौं भने भयानक दुर्घटना अवश्यंभावी छ। वर्तमान संसदमा वहुमत रहेको नेकपाले यस्तो जुझारु युवा नेतालाई सरकार चलाउन देओस जसले दुई वर्षमा २० वर्षमा गर्न सकिने कामको पुर्वाधार वनाओस। यसको जगमा हामी नेपालीको शीर ठाडो पर्न सकोस। मात्रै शुभकामना दिन सकिन्छस शुभ चिताउन सकिन्छ।
विष्णु कंडेल
बर्दघाट नपा ४
हाल ः सिड्नी