sunwal

गाउपालिका अध्यक्ष शर्माको अन्त्येष्टिका क्रममा दुई गुट बिच भनाभन ।

शर्माको पार्थिव शरिरमा दुईवटा झन्डा ओढाए ।

39

नवलपरासी १ असार

नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासीको बिवाद यति बेला झन उचाईमा पुगेको छ । संविधान सभा सदस्य बिक्रम खनाल र पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कंडेल दुई गुट बिचको जुधाईले काङ्ग्रेसको संगठन पनि यति बेला दुई चिरा परेको छ।दुई गुट्का बिवाद हरेक ठाउमा देखिन थालेका छ्न । जिल्ला कार्य समितिमा दुबै पक्षधरले आ आफ्नै रुपमा जिल्ला सभापति दावी गरिरहेका छ्न ।

आईतवार प्रतापपुर गाउपालिका अध्यक्ष एवम नेपाली काङ्ग्रेस महासमिति सदस्य राजकुमार शर्माको त्रिबेणि घाटमा अन्त्येष्टिका क्रममा दुई गुट बिच भनाभन समेत भएको छ । शर्मालाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्न पुगेका दुबै पक्षले पार्थिव शरिरमा कसले झण्डा ओढाउने भन्ने बिवादले दुबै पक्षबिच भनाभन र आरोप प्रत्यारोपको स्थिती पैदा भएको थियो । काङ्ग्रेस जिल्ला सचिव बिक्रम यादवले श्रद्धाञ्जली कार्यक्रम सन्चालन गर्ने क्रममा घाटमै मौन धारण पश्चात नवलपरासीमा सभापति को बिवाद रहेकाले भन्ने सब्द उच्चारण गरेपश्चात काङ्ग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कन्डेलले आपत्ती जनाएका थिए । अर्जुन कुमार पोखरेल र बिष्णु पौडेल समेत दुबै उपस्थित रहेको श्रद्धाञ्जली कार्यक्रममा सचिव यादवले भने दुबैको नाम लिएनन । अन्तिममा नेता खानल र कण्डेल दुबैले आ-आफ्नै रुपमा शर्माको पार्थिव शरिरमा दुईवटा झन्डा ओढाए ।

पार्टिको बिधानत:पार्थिव शरिरमा एउटै झन्डा ओढाईन्छ । दुबैपक्ष बिचको यो जुधाई काङ्ग्रेस सदस्यको मृत्यु पश्चात् दाहासस्कार मा समेत देखाएको यो दृश्यले पश्चिम् नवलपरासीमा काङ्ग्रेस छताछुल्ल हुने स्थितिमा रहेको छ भन्ने सोझो आकलन गर्ने अवस्था छ।दुबै पक्षको यो जुहारिले संगठनप्रती आस्था राख्ने हजारौ कार्यकर्ता समेत निराश देखिन थालेका छन । शर्माको अन्त्येष्टिका क्रममा हिजो भएको घटनाले उपस्तिथि सयौ कार्यकर्ताको मनोबल गिरेको छ । अर्का तिर लासमाथी राजनिती गरेको भन्दै कार्यकर्ताहरु समेत आक्रोशीत भएका थिए । सयौको संख्यामा उपस्थित मलामी र उनका शुभ्चिन्तक समेत एकछिन अलमलमा परे ।

दुबै पक्ष आरोप र प्र्त्यारोपमा मात्र तल्लिन हुदा यो बिवाद शुल्झिने कुनै लक्षण नदेखिएको काङ्ग्रेस कार्यकर्ताहरु बताउछन । प्रतिपक्षी भुमिकामा रहेको काङ्ग्रेस स्थानिय तहदेखी नै आफ्नै बिवादमा अल्झिनुले दुबै पक्षको राजनीति अस्तित्व समाप्त हुने अवस्था रहेको र संगठन समेत धरासायी हुन सक्ने जानकारहरु बताउछ्न ।

@ सुस्ता सन्देशवाट साभार