sunwal

पानीवाट सृजना हुने फोहर मैलालाई खासै जोड दिएर काम गरेको पाईदैन ः दिपक लम्साल

59

स्वस्थ खानेपानी स्वस्थ जिन्दगी एवं जन्म देखि मरण सम्म र वाच्नका लागि पानी अनि सरसफाईको अत्यन्तै महत्व छ । नेपालको संविद्यान २०७२ को धार ३५ को स्वास्थ सेवाको मौलिक हकमा हरेक नेपाली नागरीकलाई शुद्ध खानेपानी र सरसफाईको हक हुने छ भनि लिपिबद्ध भएको छ । सन् २०३० सम्म सम्पूर्ण नागरीकको घरमा चाहेको वेला गुणष्तर युक्त पानी र त्योसंग सगै सरसफाई पुयउने लक्ष्य रहेको छ । शुद्धता र गुणस्तरीय पानी पिउने र सरसफाई हुने जनताको नैसर्गिक अधिकार पनि हो । शुद्धतामा सरसफाईको उत्तिकै महत्व छ । त्यसैले खानेपानी र सरसफाई एक सिक्का दुई पाटाहुन । हाल सम्म सरकारी ,गैरसरकारी,साना शहरी योजना र उपभोक्ता स्वयम मार्फत पिउने पानी र सरसफाईको आयोजनाहरु निमार्णगरी संचालन भैरहेको पाईन्छ । यि संघ–संस्थाहरु निमार्ण आपूर्ति ब्यवस्था,वितरण प्रणाली,आयब्यय आदि उपभोक्ता समिति मार्फत सर्वसम्वत वा प्रजातान्त्रीक प्रणाली मार्फत भैरहेका छन् । यिसंघ–संस्थाहरुले स्वायत्व रुपमा खानेपानी र सरसफाईको क्षेत्रमा कामगरी रहेका छन् । तर ति संस्थाहरुले सरसफाईको क्षेत्रलाई भन्दा खानेपानीमा नै बढी जोड दिएको पाईन्छ । पानीवाट सृजना हुने फोहर मैलालाई खासै जोड दिएर काम गरेको पाईदैन ।
पानीमा शुद्धता र सरसफाई भएन भने यसवाट विभिन्न पानीजन्य रोग–ब्याधी आउन सक्छ । यद्धपी राज्यले यसका निम्ती सम्वोधन गर्न आयोजना भित्रैवाट हुने खानेपानी र सरसफाई सम्वन्धि कामगर्न खानेपानी सुरक्षा योजना प्रणालीलाई विस्तार गरेको छ । नेपालमा हाल मुल मुहान र जमिनमुनिको पानीलाई मुख्य स्रोत मानेको छ ।

पानीलाई विभिन्न प्रक्रिया अपनाई शुद्धता दिने गरीएपनि भण्डारण,आपूर्ति प्रणाली,ढल निकास,फोहरमैलाको उचित ब्यवस्थापन नहुनाले चुनौती भने थपिदै गएको छ ।

पानीको उचीत विर्सजन नहुनाले यसवाट सरसफाईमा पनि चुनौती थपिएको छ ।  दैनिक २.५ लिटर देखि ४ लिटर सम्म शुद्ध पानी पिउनाले मानिसलाई विभिन्न रोगहरुवाट वचाउन सकिन्छ । हाम्रो घर आगन,करेसावारी आदिमा खेरगैरहेको पानीलाई साधरण शुद्धिकरण गरी सिंचाई गर्न सकिन्छ । त्यसवाट देखिने फोहर मैलाको पनि ब्यवस्थापन हुन्छ । प्रत्येक ब्यक्तिको घर ,सधं–संस्था र सार्वजनिक स्थलवाट निस्किएको फोहरलाई ब्यवस्थीत विर्सजन गर्न नसक्दा ठूलो चुनौती थपिएको छ । फोहर मैलालाई सड्ने र नसड्ने गरी दुई भागमा विभाजनगरी पुनः प्रयोग र मलको रुपमा प्रयोग गर्न पनि सकिन्छ । साना ठुला फोहर मैला देखि शौचालयवाट निस्केको मल मुत्रले ठुला दुर्घटना नित्याई रहेका छन । तर्सथ यसलाई वर्गीकृतगरी विर्सजन गर्न सकेमा वेरोजगारी र आर्थिक पक्षलाई समेत सहयोग पुग्ने देखिन्छ । यसका निम्ती निति निमार्ण तहवाटै वहस चलाउन जरुरी देखिन्छ । सरसफाई भन्ने वित्तिकै पानीको उत्तिकै महत्व हुन्छ । पानी विना सरसफाई सम्भव पनि हुदैन । तर्सथ खानेपानीको मुहान त्यसका ईकाईहरु आपूर्ति प्रणाली ,भण्डारण आदीमा एकदमै ध्यानदिन पर्दछ । ढल निकास फोहर मैला विर्सजन गर्ने ठांऊ,डम्पिङ्गसाईड,आदिले मानविय जिवनमा धेरैअसर पारी रहेको छ । यसवाट विभिन्न पानीजन्य रोग,किट जन्य रोग विषालु जिवजन्तुको टोकाई आदिले जोखिम बढीरहेको पाईन्छ ।
 अन्त्यमा सरसफाई सप्ताह–२०७७ को अवसरमा सम्पूर्ण महानुभावहरु शुद्ध र गुणष्तरिय खानेपानीमा ध्यानदिनुका साथै ब्यत्तिगत सरसफाईम ,आफु र आफ्नो वरीपरी सरसफाईमा ध्यानदिनु आवश्यक छ । त्यसैगरी वातावरण,वनजंगल,पर्यावरण,मुल मुहान आदिलाई जोगाउन महत्वपूर्ण योगदानको आवश्यक छ ।

                                                                                                  (लेखक बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, बर्दघाट–४,बर्दघाटका उपाध्यक्ष एवं सो संस्थाको खानेपानी सुरक्षा योजनाका संयोजक हुनुहुन्छ ।)