नवदुर्गा आमा समुहको अगुवाईमा चिसापानी चोकमा स्वागतद्धारको शिल्न्यास ।
कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२३
बर्दघाट नगरपालिका वडा नं. २ चिसापानी देखि मझौनी–महेशपुर जाने मुलवाटोको चोकमा स्वागतद्धार निमार्णका लागि आज शिल्न्यास गरीएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्याल,वडा नं. २ की वडाध्यक्ष दया दर्लामी र वडा नं. ३ का वडाध्यक्ष रुद्र प्रकाश न्यौपानेले संयुक्त रुपमा उक्त स्वागतद्धारको शिलन्यास गर्नु भएको थियो । नवदुर्गा आमा समुहको अगुवाईमा निमार्ण गर्न लागिएको सो स्वागतद्धार ५ लाखको लागतमा सम्पन्न् गर्नेगरी योजना अघि बढाएको नवदुर्गा आमा समुहकी अध्यक्ष जानुका पौडेलले बताउनु भएको छ । सबैले आ–आफ्नो क्ष्ँेत्रवाट विकास निमार्ण र समाज रुपान्त्रणका लागि लागीपरिरहदा चिसापानीका महिलाहरुले पनि वडामा एउटा एैतिहासीक कार्य गरौं भन्ने सोंच अनुसार वडाका सबै ब्लकमा रहेका आमा समुहहरुको सहकार्यमा उक्त स्वागतद्धार निमार्णकार्य शुरु गरीएको समुहकी सचिव शान्ति पोखरेलले बताउनु भयो । नगरपालिकाको २ लाख २५ हजार र वांकी आमासमुहको लागत साझेदारी रहनेगरी निमाणर््ा कार्य अघि बढेको छ । अहिले सम्म नमुना आमा समुह ब्लक नं. ७, जागृति आमा समुह ब्लक नं. ४,दिब्य शक्ति आमा समुह ब्लक नं. ३,लाली गुरांस आमा समुह ब्लक नं. ५,सगरमाथा आमा समुह ब्लक नं. २ र सृजनसील आमा समुह ब्लक नं. ६ ले १०/१० हजार रुपैया आर्थिक सहयोग गरेको समुहकी कोषाध्यक्ष गंगा ज्ञवालीले बताउनु भएको छ । त्यसैगरी वडा नं. २ मा नै रहेको सुपर वचत तथा ऋण सहकारी संस्था र हाम्रो बचत तथा ऋण सहकारी संस्थाले समेत आर्थिक सहयोग गरेको कोषाध्यक्ष ज्ञवालीले जानकारी दिनु भएको छ । आज भएको स्वागतद्धार निमार्णको शिल्न्यास कार्यक्रमको संचालन माया देवि पौड्यालले गर्नु भएको थियो ।