सहबान अन्सारी
प्रतापपुर,जेष्ठ–२०
सिमानाकाबाट अबैरुपमा ल्याउदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार राती प्रतापपुर गाउपालिका वडा नं ४ हरकपुराबाट भारतबाट अबैधरुपमा चोरी पैठारी गरी साईकलमा ल्याउदै गरेको करिब ५० हजार बरारबरको (डिएपी)मलको साथै ३ वटा साईकल बिषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय,ईलाका प्रहरी कार्यालय बेलाटारी र स्थानिय प्रहरी चौकीको संयुक्त गस्ती टोलीले उक्त मल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए । लकडाउनको समयमा तस्करी बढेपछी प्रहरीले सक्रिया देखाउदै गत हप्ता छुट्टाछुटै नाकाहरुबाट करिब २लाख ३० हजार बराबरको बिभिन्न किराना सामानहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही चलाएको थियो। नियन्त्रणमा लिएको मल आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाउने प्रहरीले जनाएको छ । जिल्लाका सबै सिमानाकाहरुमा सिमा सुरक्षा साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागी आवत जावतमा पुर्णरुपमा रोकलगाइएको छ ।