sunwal

बर्दघाट नगरका व्यवसायिहरुको नेतृत्व गर्ने संस्थाहरु द्धारा नगरप्रमुखलाई ध्यानाकर्षण

23

फूलकुमारी ढकाल
बर्दघाट, जेष्ठ –११
लगडाउन फितलो भएको भन्दै बर्दघाट नगरका व्यवसायिहरुको नेतृत्व गर्ने संस्थाहरुको संयुक्त बैठक शनिबार सम्पन्न भएको छ । बर्दघाट उद्योग वणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको उक्त बैठकमा बर्दघाट बजार विकास समिति, जिमिरेभार बजार विकास समिति, पञ्चनगर बजार विकास समिति र नेपाल सुनचा“दी व्यवसायि संघ बर्दघाट नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । शनिबार भएको उक्त बैठकले १४ बु“दे ध्यानाकर्षण सहित नगर प्रमुखलाई ध्यानाकर्षण गराने निर्णय गरेको थियो । शनिबार भएको उक्त निर्णय सहित १४ बु“दे ध्यानाकर्षण सहितको ज्ञापनपत्र आज नगरप्रमुखलाई बुझाइएको छ ।
नगरप्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा बैंक तथा वित्तिय संस्था हप्तामा २ दिन खोल्ने देखि म्यादी प्रहरी राख्ने सम्मका ध्यानाकर्षण बु“दा रहेका छन् । त्यसैगरी व्यक्तिगत निर्माणकार्य बन्द गर्ने, साइकल र ठेलामा तरकारी तथा फलफुल बेच्ने कार्य पनि बन्द गर्नुपर्ने कुरा उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण सहितको ज्ञापनपत्र