बर्दघाट,बैशाख–३
कोरोना भाईरसको संक्रमण रोक्न गरीएको लक डाउनका वेला रातीको समय पारेर सुस्ताको रामनगर क्षेत्रवाट मदिरा भारतमा तस्करी गर्ने कार्य भएको पाईएको छ । आज मंगलवार सांझ सुस्ता ५ रामनगर प्रहरी चौकी अगाडी रहेको बाँध ठोखर नं ४ बाट ट्रयाक्टर मा लगेर डुङ्गाको प्रयोग गरी नदी को बाटो हुदै भारत लैजादै गरेको अवस्थामा मदिरा नियन्त्रणमा लिईएको छ । मदिराको तस्करि गर्दैगर्दा युथअफ सुस्ता को सक्रियता र ससस्त्र प्रहरी वरिष्ठ हवल्दार महेश नाउँ सहित को टोली ले ५५ पेटी मदिरा नारायणी नदीमा डुगांमा लोड गरेर लैजादै गर्दा पौडीखेलेर ढुगा समातेर बरामत गरेको युथअफ सुस्ताका सन्तोष पाठकले जानकारी दिनु भएको छ । मदिराको तस्करी गर्नेहरु भने सामान र डुगां नै छौडेर भागेको बताईएको छ । मदिरा तस्कर गर्नेकार्यमा प्रहरीको समेत सहभागिता रहेको स्थानियको गुनासो रहेको छ । तर मदिरा तस्करी गर्नेकार्यमा सहभागिको खोजि गरी कारबाही गर्ने र यस कार्यमा प्रहरी चौकी रामनगर इन्चार्ज को संग्लनता रहेको पाएमा तत्काल कारबाही गरिने ईलाका प्रहरी कार्यालय बेलाटारी का इन्चार्जले बताउनु भएको छ ।
