रामु भुसाल
बर्दघाट,चैत्र–२४
पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा पहिलो चरणमा सबै वडामा बसोबास गर्ने १ हजार २ सय ५० अति विपन्न, गरिब तथा असहाय परिवारहरुलाई राहत वितरण कार्य सम्पन्न गरिएको छ । सुस्ता गाउपालिकामा ५० शैयाको तिन स्थानमा क्वारेन्टाइनको ब्यवस्था गरिएकोमा अहिले सम्म भारत तथा अन्य मुलुक र सुस्ताका गरि ४२ जना क्वारैन्टाइनमा रहेको र उनिहरुको सम्पुर्ण खाने बस्ने ब्यवस्था मिलाइएको सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । साथै उहाँले प्रत्येक दिन क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य अवस्था र अन्य समस्याका बारेमा पनि नियमित रुपमा अनु्गमन समेत भइरहेको बताउदै सुस्ता गाउपालिकाले महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा सचेत रहेको र सुस्ता संग सिमा जोडिएका ठाउहरुबाट भारतियहरु रात्रिको समयमा प्रबेश भएको भन्ने समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको र सो विषयमा सुरक्षा निकायका चार वटै प्रमुहरुलाई बोलाई सिमानाकामा थप कडाईका साथ प्रस्तुत हुन निर्देशन दिएका जानकारी दिनुभयो । सो निर्देशन पश्चात प्रहरी गस्ती टोलीले लुकाई छिपाई सोमबार विहान ल्याइएको खाद्य बस्तुहरु बरामद गरि महेशपुर भंसार पठाइएको समेत जानकारी दिनुभएको छ । यसैबीच, श्री युथ भोलिन्टियर ग्रुप सुस्ता १ बरुवाले सुस्ता गाउपालिकाद्धारा सञ्चालित युनाइटेड एकेडेमीमा अवस्थित क्वारेन्टाइनमा खाद्यान्न तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । ग्रुपका अध्यक्ष सुर्वण न्यौपानेको नेतृत्वमा गएको ग्रुपका पदाधिकारीहरुले गाउपालिका प्रमुख राम प्रसाद पाण्डेलाई एक क्वीन्टल चामल, बिस किलो आलु, पाँच लिटर तेल, १० किलो हरियो तरकारी सहित एक सय जोडी सर्जिकल ग्लब्स, १५ जोडी स्ट्रीयल आएल, ७ जोडी बाक्लो प्लास्टिक ग्लब्स, २० वटा मास्क र ७ सय मिलिलिटर सेनीटाइजर लगाएत १२ हजार ५ सय बराबरको समाग्रीहरु हस्तान्तण गरेका हुन । सो समाग्री बुझ्दै अध्यक्ष पाण्डेले सहयोग गरेको प्रति धन्यबाद ज्ञापन गर्दै यस जटिल परिस्थितीमा सबैको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको थियो । ग्रलपका अध्यक्ष न्यौपानेले आफुहरुले यस अगावै पनि विभिन्न सहयोग गरेको र आगामी दिनमा समेत सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।