सुनवल,१७ फागुन
नवलपरासीको सुनवल १२ भुमहि स्थित सहिद स्मृति रंगशालामा शुक्रबार देखि सुरु भएको तेस्रो मेयरकप फुटवल प्रतियोगिता जारी छ । आज दिउसो १ बजे वडा नं २ र वडा नं ११ बिच भएको पहिलो चरणको खेलमा शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नं ११ बिजय भएको छ । यसैगरि वडा नं १ र ९ बिच भएको दोस्रो चरणको खेलमा वडा नं १ बिजय भएको छ । वडा नं ९ लाई शुन्यका बिरुद्ध ६ गोल गर्दै वडा नं १ बिजय भएको हो । आजको खेलमा वडा नं १ का जर्सि नं ७ का खेलाडि अस्विन थापा म्यान अफ द म्याच घोषित भएको वडा नं १ का वडासदस्य मनबहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा वडा सदस्य थापाले प्रथम गोल गर्ने सुनवल १ का जर्सि नं ११ का खेलाडि रबिन बिकलाई प्रोत्साहन स्वरुप रु १५ सय नगद प्रदान गर्नुभएको थियो । सुनवल नगरपालिकाको तेस्रो नगर स्थापना दिवसको अवसर पारेर बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तेस्रो मेयरकप फुटवल प्रतियोगिता आयोजना गरिएको हो । यसैगरि शनिबार बिहान ११ बजे ग्रास रुट जिल्ला लिग २०७६ प्रदेश नं ५ सेन्टर १ का बिच रुपन्देहि जिल्ला भर्सेस नवलपरासी जिल्लाको अन्डर ठटिन गल्समा रुपन्देहिले शुन्यका बिरुद्ध ३ गोल गर्दै बिजय भएको छ भने अन्डर टेन व्वाइजमा २ का बिरुद्ध ३ गोल गर्दै रुपन्देहि बिजय भएको छ ।
