sunwal

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा कार्यालय परिसर सरसफाई ।

84

परासी, फागनु–६
नवलपरासी सदरमुकामका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय परिसरमा मंगलवार कर्मचारीहरुले सरसफाई गरेका छन । ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा उनीहरुले कार्यालय परिसर सफा गरेका हुन । ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई विभिन्न कार्यक्रम गरी मनाउने योजनाअनुसार उनीहरुले कार्यालय परिसरमा सफाई गरेका हुन । भोली अर्थात फाल्गुन ७ गते प्रभातफेरि सहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने कार्यक्रम राखिएको जिल्ला समन्वय समितिका प्रमुख तथा प्रजाजन्त्र दिवस मुल समारोह समितिका संयोजक शिवशंखर रायले जानकारी दिनुभएको छ ।