कृष्ण ढकाल
बर्दघाट,फागुन–१
बर्दघाट नगरपालिका वडा नं. ११ ले आफ्नो वडा भित्रका वडावासीहरुलाई फलफूलका विरुवा वितरण गरेको छ । विहिवार एक कार्यक्रमका विच कृषकहरुलाई फलफूलका विरुवा वितरण गरीएको हो । वडा नं. ११लाई एक घर एक विरुवा बनाउने अभियान अन्र्तगत फलफुलका विरुवा वितरण गरीएको वडा नं. ११ का वडाध्यक्ष तिर्थराज फौजदारले बताउनु भएको छ । विहिवार वडाले वडावासीहरुलाईकपुरी,दशहरी,अम्रपालि,मालिका र दाल्मा जातको आँपका विरुवा र उन्नत जातका लिचिका विरुवाहरु वितरण गरेको वडा सचिव लील बहादुर चौधरीले जानकारी दिनु भएको छ । बर्दघाट नगरपालिका वडा नं. ११ का वडाध्यक्ष तिर्थराज फौजदारको अध्यक्षता र कार्यपालिका सदस्य वेचन प्रसाद ठाकुरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अशराम थारु,ललीता देवि थारु,लक्ष्मी परियार र यम कला भण्डारी लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन वडासचिव लिल बहादुर चौधरीले गर्नु भएको थियो ।