Sarawal sit lahar Notis

स्वर्गिय टेक नारायण भण्डारीको सातौँ दिनको पुण्य तिथिमा शोक सभा सम्पन्न ।

45

नारायण पाण्डे
बासावसही,माघ–१२
बैदिक धर्म परिषद जिल्ला कार्य समिति नवलपरासीका सह कोषाध्यक्ष तथा ओम कारेश्वर शिव पचांग मन्दिर सरावल १ बासाबहीका कोषाध्यक्ष बाबुराम भण्डारीका पिता बैद्धिक धर्म परिषदका आजिवन पार्सद स्वर्गिय टेक नारायण भण्डारीको सातौँ दिनको पुण्य तिथिमा परिषदले आइतबार उहाँकै निवास सरावल १ नयाटोलमा शोक सभा सम्पन्न गरेको छ । सो अवसरमा बैद्धिक धर्म परिषदका केन्द्रिय अध्यक्ष लोकनाथ खराल, बैदिक धर्म परिषदका जिल्ला किमिट उपाध्यक्ष सरिता खनाल लगाएतले स्वर्गिय भण्डारीको जिवनी माथि प्रकाश पार्दै शोक मन्तब्य राख्नुभएको थियो । सो अवसरमा परिषदका कार्य समितीका पदाधिकारी, ओम कारेश्वर पचांग मन्दिर पदाधिाकरी, बैदिक नारी जागरण जिल्ला समितिका पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधि, राधाकृष्ण मन्दिरका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो । साथै सोही दिन सामुदायिक रेडियो दाउन्नेका शेयर सदस्य बाबुराम भण्डारीका पिता स्वर्गिय टेक नारायण भण्डारीको सातौ दिनको पुण्य तिथिमा रेडियो दाउन्नेले पनि शोक सभा सम्पन्न गरेको छ । सम्पन्न शोक सभामा सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे, उपाध्यक्ष सरिता खनाल, रेडियो दाउन्नेका अनुगमन समितिकी समयोजक शिव कुमारी भट्राई, रेडियोका कार्यकारी निर्देशक रामजी लौडारी लागएत सस्थाका सेयर सदस्य, कर्मचारीहरुको उपस्थिती रहेकोे थियो । सो अवसरमा स्वर्गिय भण्डारीका छोरा निलकण्ट भण्डारीले यस शोकको घडिमा शोकाकुल परिवारलाई सहानुभुती दिन आउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । स्वर्गिय भण्डारीको ७ छोरा बुहारी, ३ छोरी र एक श्रीमति रहेका छन भने भण्डारीको ९६ बर्षको उमेरमा यही माघ महिनाको ६ गते निधन भएको हो ।