Sarawal sit lahar Notis

बर्दघाट उद्योग वाणिज्य संघद्धारा औद्योगिक व्यापार मेला २०७६ को आर्थिक आयव्यय विवरण  सार्वजनिक

25

रामु भुषाल
बर्दघाट,पौष–८

बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाट पश्चिम नवलपरासीद्धारा गत कार्तिक २१ देखि मंसिर १ गतेसम्म संचालित चौथो बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७६ को आर्थिक आयव्यय विवरण सार्वजनीक गरिएको छ । संघको सभाहल बाढिपीडितमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि संघले उक्त आयव्यय विवरण सार्वजनीक गरेको हो । संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चौथौ व्यापार मेलाबाट २७ लाख ८६ हजार ९ सय आम्दानी र १७ लाख ८२ हजार ५ सय खर्च भई १० लाख ४ हजार ४ सय रुपैया बचत गर्न सफल रहेको अध्यक्ष न्यौपानेले जानकारी गराउनुभएको थियो । त्यस्तै, अध्यक्ष न्यौपानेले हाल औद्यौगिक व्यापार मेला संचालन भएको स्थान बर्दघाट ४ हरियालीनगरलाई बर्दघाट मण्डपका रुपमा विकास गर्दै लैजाने र सो का लागि सामुदायिक वन, स्थानिय सरकार, प्रदेश र सघिंय सरकारसंग समन्वय र सहकार्य भैइरहेको बताउदै अगामी दिनमा बर्दघाट क्षेत्रका उद्योगि व्यापारिहरुको चाहना अनुसार औद्योगिक व्यापार मेला आयोजना गरिने समेत बताउनुभयो । सो अवसरमा मेला अवधिभर सहयोग गर्ने मिडीया हाउस तथा विभिन्न पत्रकारहरुलाई मायाको चिनो सहित सम्मान गरिएको कार्यक्रमको संचालन संघका महासचिव दिनेश न्यौपानेले गर्नुभएको थियो ।