sunwal

चिनिमिल सञ्चालनको वातावरण मिलाउन ऊखु कृषक तर्दथ समिति नवलपरासीको माग ।

34

कृष्ण ढकाल
सुस्ता,पौष–८
पश्चिम नवलपरासीको दक्षिणी क्षेत्रका ऊखु किसानहरुले उत्पादन गरेको ऊखु समयमा विक्रि नभएको र विक्रिभएको ऊखुको मुल्य समयमा नपाएको विषयलाई लिएर केहि राजनितिक दलका नेताहरुले आफ्नो राजनिति गर्ने माध्याम गराका कारण आफुहरु मारमा परेको भन्दै ऊखु किसानहरुले चिन्ता ब्यक्त गरेका छन् । किसानहरुको ऊखु खेतमा सुक्न लाग्दा समेत केहि नेताहरुले विचौलियाहरुको सहयोगमा चिनिमिलमा ताला लगाएर किसानलाई थप मारमा पारेको उनीहरुको गुनासो रहेको छ ।  चिनिमिलले किसानको ऊखु खरीद गरेर समयमा भुक्तानी नदिने समस्या एकातिर यथावत रहेको अवस्थामा अर्कोतिर मिलले खरीद गर्नलागेको उखु खरीदमा अवरोध गरेर किसानहरुलाई थप मारमा पार्न लागेको किसानहरुले गुनासो गरेका छन् ।  मंगलवार प्रतापपुरमा ऊखु कृषक तर्दथ समिति नवलपरासीले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराएको थियो ।  तर्दथ समितिका अध्यक्ष दुधनाथ गुप्ताको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा २०६८ साल श्रावण २१ गते दर्ता भएको ऊखु उतपादक कृषक समिति नवलपरासीको आधिकारीक्ताका विषयमा समेत प्रश्न उठेको थियो ।