बर्दघाट,पौष–१
जनता आधारभुत विद्यालय सुनवल १२ हरकट्टा पश्चिम नवलपरासीको आयोजनामा सुरु भएको श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७६ मंगलबार छैठौं दिन पनि जारी रहेको छ । मंगलबार छैठौ दिनको प्रमुख अतिथिको रुपमा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरत रहनुभएको महायज्ञमा बोल्दै प्रमुख अतिथि थापाले सुनवल नगरपालिकाले नगरलाई शैक्षिक हबको रुपमा अगाडी बढाउने लक्षय लिएकोमा समुदायको यस किसिमको सहयोगले उक्त लक्ष्यमा पुग्न सफल रहने बताउदै महायज्ञबाट उठेको रकम सहि ठाउमा सदुपयोग गर्न आग्रह गर्नुभएको हो । साथै उहाँले नगर भित्रका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सुनवल नगरले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । उक्त महायज्ञमा आज छैठौ दिनमा आइपुग्दा ४० जना बढीले तुलादान गर्नुभएको साथै शालिकग्राम दर्शन समेत गरिएको र छैठौ दिनसम्ममा करिब ४० लाख भन्दा बढी रकम संकलन भएको र यज्ञ सोचे भन्दा राम्रो र विद्यालयले लिएको लक्ष्यमा पुग्न सफल रहेको यज्ञ मुल सम्पादन समिपितका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर नारायण चौधरीले बताउनुभयो । विं सं २०४८ सालमा स्थापना भएको जनता आधारभुत विद्यालयको अग्रेजी माध्यम र प्राविधिक शिक्षा सञ्चालनका लागी उक्त ज्ञान महायज्ञको आयोजना गरिएको र सो ज्ञान महायज्ञ भोली पुस २ गतेसम्म बालब्यास पण्डित श्रीनारायण न्यौपाने कृष्ण चरणामृत जीको सगिंतमय कथा प्रबचन तथा झाकि सहित सञ्चालन हुने महायज्ञमा करिब ७० लाख संकलन गर्ने र २० लाख खर्च गरि ५० लाख बचत गरि बचेको रकमको ब्याजबाट विद्यालयलाई शैक्षिक गुणस्तरका लागी थप शिक्षकहरुको ब्यवस्था मिलाई पठन पाठन अगाडी बढाउने लक्ष्यका साथ काम गरिरहेको आयोजकले जनाएको छ । सो महायज्ञको अफिसियल मिडिया सामुदायिक रेडियो दाउन्ने बर्दघाटले महायज्ञमा हरेक दिन प्रत्यक्ष प्रसारण गरिरहेको छ ।