sunwal

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नम्बर ५ द्धारा विरोध सभा सम्पन्न।

30

रामु भुषाल
बर्दघाट,पौष–१४
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नम्बर ५ ले सोमबार बुटवलको ट्राफिक चोकमा विरोध सभा सम्पन्न गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नम्बर ५ की अध्यक्ष बसन्ती अधिकारीको अध्यक्षता तथा महासंघकी केन्द्रिय अध्यक्ष भारति पाठकको प्रमुख आतिथयतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले अहिले वन पैदावार जंगलमा कुहिएर जादा समेत राज्यको नितिले गर्दा निकासा गर्न नपाई नष्ट भएको बातउदै सामुदायिक वनले गरिबीका रेखामुनी रहेका आफ्ना उपभोक्तालाई आय आर्जन र उत्पादन संग जोड्ने निति लिएकोमा राज्यको कानुनी प्रावधानले गर्दा सो कार्य गर्न नसकिएको र राज्यले सामुदायिक वनलाई अकुंश लगाउदै तेहरो कर प्रणाली लागु गरेकाले सो का विरुद्ध सबै सामुदायिक वन आन्दोलनमा उत्रिन बाध्य हुनु परेको बताउनुभयो । सम्पन्न सभामा विशिष्ट अतिथिको रुपमा महासंघका केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्का, केन्द्रिय महासचिव पुर्ण बहादुर शाहि, सचिव ठाकुर भण्ण्डारी, अतिथिहरु कृष्ण प्रसाद श्रेष्ठ, रिता घिमिरे, डिल्ली गिरि, नन्द बहादुर विश्वकर्मा, गिता देवी चौधरी, डिलाराम पौड्याल, डि आर घिमिरे लगाएतको आतिथ्यता रहेको कार्यक्रममा बोल्दै कार्यक्रमकी अध्यक्ष बसन्ती अधिकारीले नेपाल सरकारले सामुदायिक बनका समस्याहरुका बारेमा गम्भिर नभएको र सरकारले निर्धारण गरेको तीन तहका करहरु लगाएतका बिषयमा सरकार गम्भिर नदेखिएको हुदा बुटवलमा प्रदेश स्तरिय बिरोध सभा गरिएको बताउदै अध्यक्ष अधिकारीले विरोध सभा कुनै पनि राज्य प्रतिको विरोध नभई विशुद्ध राज्यले सामुदायिक वनहरुलाई हेर्ने दृष्टीकोण र निति निर्माणको लगाी सहभागितामा केन्द्रित रहेको बताउनुभयो । अवसरमा महासंघका पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष कमल परियार, मासंघका रुपन्देही अध्यक्ष दिनानाथ आचार्य, महासंघका कपिलवस्तु जिल्ला अध्यक्ष हुमनाथ भट्राई, पाल्पा अध्यक्ष निरञ्जन भुषाल, गुल्मी अध्यक्ष विष्णु पौडेल, अखर्घाखाची अध्यक्ष रामचन्द्र पाखरेल सहित गैर सरकारी सस्था महासंघ, आदिवासी जनजाति महासंघ, पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधि गरि प्रदेश नम्बर ५ भित्र रहेका सामुदायिक बन बाट करिब १० हजार भन्दा बढी उपभोक्ताको सहभागिता रहेको सुचना तथा सञ्चार सयोजक नारायण पान्डेले बताउनु भयो ।